माँगु कसरी ?


माँगु कसरी ?

जुनसँग तारा पैंचो माँगु कसरी ?
आँसु सँग हाँसो पैंचो माँगु कसरी ?

सबैजना रूने मात्रै यहाँ,
आँसुमा नि हाँसो दिने मान्छे छाँनु कसरी ?
बेइमानको पाठशालाबाट इमानको शिष्य छाँनु कसरी ?
नेतृत्व हराएका नेताबाट नेता छाँनु कसरी ?
पथभ्रष्ट र मतिभ्रष्ट नेताबाट नीति माँगु कसरी ?
शोषक र भ्रष्ट शासक बाट रामराज्य को आशा गरूँ कसरी ?
परोपकार नै हराएको जमात संग उपकार माँगु कसरी ?
कुम्भकर्णे चीर निन्द्राको मुर्दालाइ ब्युझाँउ कसरी ?
जनता पिडीएको नदेख्ने गणतन्त्रमा जनबादी शासन खोजु कसरी ?

मासिदैछ सृष्टिको अनमोल रचना,
आजको परिबेशमा विबेचना गरूँ कसरी ?
यही छ देशको दूर्दशा विडम्बना लेखुँ कसरी ???


रघुबिर चन्द
वेदकाेट- २, दैजी, कञ्चनपुर