माटो रुन थालेपछि


माटो रुन थालेपछि

माटो रुन थालेपछि हाँस्छ देश कहाँनिर ।
आँगन टेढो पारेपछि नाँच्छ देश कहाँनिर ।।

नफक्रदै फूलहरु ओइलाएर झारेपछि ।
खोजि खोजि फूलमाला गाँस्छ देश कहाँनिर ।।

देख्दा स्वच्छ पानिभित्र विषै विष घोलिएको ।
हेरि हेरि सधैभरि बाँच्छ देश कहाँनिर ।।

माथि चढ्दा खुट्टाहरु, तलैतिर तानेपछी ।
विकासको बाटो लाइ समात्छ देश कहाँनिर ।।


अंकुर चन्द
बेदकोट नगरपालिका
कन्चनपुर, सुदुरपश्चिम