काेराेना भाइरस नेपालः थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो


काेराेना भाइरस नेपालः थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । 

आइतवार नै गुल्मीमा एक पुरुषको आइसोलेशनस्थलमा उपचारका क्रममा मृत्यु मन्त्रालयले पुष्टि गरेको छ।

उनी क्यान्सर पीडित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

“धूर्कोट गाउँपालिका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षका पुरुषको मृत्यु भएको छ। उहाँको जेठ १२ गते प्रदेश प्रयोगशाला रूपन्देहीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।”

उनी भारतबाट नेपाल आएका थिए।

परीक्षण

आइतवारसम्ममा १ लाख ३३ हजार तीन सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ।

गत चौबीस घण्टामा थप ६,०९९ पीसीआर गरिएको थियो।

शनिवारको पत्रकार सम्मेलनमा असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १०,००० पुर्‍याइने बताइएको थियो।

द्रूत परीक्षण कीट (आरडीटी)बाट भने अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको परीक्षण गरिएको सरकारी विवरण छ।

जसमा गत चौबीस घण्टामा २० हजार १ सय ३९ जनाको आरडीटी जाँच गरिएको थियो।