कोरोना भाइरस नेपाल: शनिबार थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो


कोरोना भाइरस नेपाल: शनिबार थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको   छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु

नेपालमा एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार पुष्टि गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ 

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको छ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।

लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको तर निको नभएपछि शुक्रवार बिहान वीरगन्ज लगिएको बताइएको छ।

हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो।


लेखापढी