बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन; प्रदर्शनमाथि पानीको फोहोरा र अश्रुग्यास
२९ जेठ, काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
सरकारी रवैयाको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । बालुवाटारमा मंगलबार भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको थियो । बिहीबार भने ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताए ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।
Source : News Agency