याद हरपल तिम्रै हुन्छ


याद हरपल तिम्रै हुन्छ

प्यासी छु र त यो मनमा याद हरपल तिम्रै हुन्छ !

जहाँ जान्छु सुन्छु म त सधै छलपल तिम्रै हुन्छ !!

 

देख्दै मेराआखा लोभी भएका रैछन र पो त !

आजभोली मुटु भित्र पनि हलचल तिम्रै हुन्छ !!

 

नदेखु भनेर नै मैले पाईलाहरु अन्तै मोडे !

र पनि खै किन सधै हेर्दा त अंचल तिम्रै हुन्छ !!

 

नदुखे है तिम्रो दुखाईले मेरो मन पनि दुख्छ !

तर पनि नयनमा त आशु टलपल तिम्रै हुन्छ !!

 

कसरि म भनु तिमि मेरी आफ्नो होइनौ भनि !

‘अंकुर’ ले भाव पोख्दा पनि गजल तिम्रै हुन्छ !!



अंकुर चन्द

         बेदकोट नगरपालिका,कंचनपुर

                   सुदुरपश्चिम