आमाकाे माया


आमाकाे माया

एउटा गाउँमा एउटा जाेडी बस्थे । उनीहरूकाे जीवनमा खुशी र उमंग थियाे । घरमा सबै थाेक थियाे अब उनीहरूलाई एउटा छाेराकाे खाँचाे थियाे । त्याे जाेडिकाे एउटा छाेरा भयाे । उनीहरू खुशीले दंग भए ।  छाेरा विस्तारै हुर्कियाे र उनीहरूले छाेराकाे  विवाह गरिदिए र तिनीहरू सबै जना खुशीसँगै बसिरहेका थिए ।

एक दिन बुबाको मृत्यु भयो । उनका छाेराले बुढेशकालकी आफ्नी आमालाई बृद्धाश्रममा छोड्ने निर्णय गरे र उनीहरूले आफ्नी आमालाइ बृद्धाश्रममा छाेडे । बेला बेलामा उनीहरू आमालाई भेटन गइरहन्थे ।

एक दिन उनलाई वृद्धाश्रमबाट फोन आयो कि उनकी आमा एकदम गम्भीर छिन् र उनलाई भेट्न चाहन्छिन ।

जब उनी बृद्धाश्रममा गए तब उनले आफ्नो आमालाई ओछ्यानमा सुतिरहेको देखे, उनकी आमा अन्तिम समयमा पुगेकी थिइन । ऊ आफ्नो आमाको नजिक गयाे र सोध्यो “आमा म तिम्रो लागि म के गर्न सक्छु?

उनकी आमाले जवाफ दिइन् “मेरो प्यारो छोरा म यस बृ्द्धाश्रममका काेठाहरूमा पंखा  र फ्रिज जाेडन चाहन्छु । यहाँ धेरै गर्मी हुन्छ । अहिले कोही पनि छैन र खाद्यान्न भण्डारणको लागि फ्रिज पनि छैन त्यसैले  खाना खराब हुन्छ र म धेरै पटक खानेकुरा बिना नै सुत्दछु।”

छोराले आफ्नी आमाको अनुरोधले छक्क पर्‍यो र उनलाई सोध्यो, “तपाईंले मलाई यी कुराहरू पहिलेदेखि नैं किन नभन्नु भएकाे ? आज अन्तिम समयमा आएर यस्ताे कुरा भन्नु भयाे जबकी तपाइँ अब यी पंखा र फ्रिजकाे प्रयाेग गर्नका लागि समय नैं छैन । 

आमाले आफ्नो छोरालाई जवाफ दिनुभयो “प्रिय छाेरा म तातो र भोकको पीडाको साथ व्यवस्थापन गर्न सक्षम भएँ, तर जब तिम्रा बच्चाहरूले तिमिहरूलाईं यहाँ पठाए भने यी सबै दु:ख व्यवस्थापन गर्न तिमी सक्षम हुनुहुने छैनाैं”।

यो भन्दै, आमा बित्नुभयो र छोराको आँखामा आँसु बग्न थाल्याे।

लेखापढी