नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टिःसङ्क्रमित ४५ पुगे, सातजना निको


नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टिःसङ्क्रमित ४५ पुगे, सातजना निको

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना जाँचमा २४, ६० र ७२ वर्षका पुरुषहरूमा कोरोना संक्रमण देखिएको हो ।

हाल क्वारन्टीनमा बसिरहेका उनीहरूलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिने डा. देवकोटाले बताएका छन्।यो सहित उदयपुरमा मात्रै सङ्क्रमितहरूको सङ्ख्या २७ जना पुगेको छ।

देशभर कोरोनाभाइरस सङ्क्रमितमध्ये सातजना निको भइसकेको प्रवक्ता देवकोटाले बताएका छन्।

मङ्गलवार र बुधवार गरी सेती अस्पताल कैलालीबाट दुई जना अनि बुधवार टेकु अस्पतालबाट एकजना डिस्चार्ज भएको उनले बताए।

साथै बुधवार सङ्क्रमित पाइएका तीनजना सहित हाल सबै सङ्क्रमितको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिएका छन्।

 

 

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.10 #COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, 22 April 2020

साभारः विविसी नेपाली लगायत समाचार एजेन्सीकाे सहयाेगमा