खोइ कहाँ छ सरकार ?


खोइ कहाँ छ सरकार ?

आफ्नो गाँस काटयौं ।
अरबको तातो घाम निल्यौं ।।
यौवनका रहर जति पराया शहरमा बेच्यौं ।
चुनावी रणनीतिमा मानब ढाल बन्यौं ।।
कती मुक दर्शक बनेको सरकार ?

जित्नेलाइ हार्ने र हार्नेलाइ जित्ने बनायौं ।
जंगलमा बसेकालाइ शहरमा मंगल गरायौं ।।
रछ्यानको जुठो चाटनेलाइ सत्ताको भोज गरायौं ।
अझै मुक दर्शक किन सरकार ?

देशको अर्थतन्त्र धान्ने रेमिट्यान्स दियौं ।
तिम्रा गणतान्त्रिक सपना साकार पार्यौ ।।
संकटमा शासकको पहिचान खोज्यौ ।
कती मुक दर्शक बनेको सरकार ?

कोरोना कहरले रोजगार गुमायौं ।
भोक-भोकै बस्दै बिचल्लीमा पर्यौं ।।
स्वदेश फिर्न पाउँ भनि महाकालीमा पौडियौं ।
नदि छालको लहर गन्दै टुलुटुलु स्वदेश तिरै हेर्यौं।।

संकटमा निकै ठुलो हार-गुहार गर्यौं ।
अझै मूकदर्शक ! खोइ कहाँ छ सरकार ?

रघुबिर चन्द
बेदकोट-३, दैजी सुदुरपश्चिम