कोरोना:…..


कोरोना:…..
मास्क लगाएर म बाहिर निस्कदा एक अजीव बात भयो।
मलाइ देखेर सबैको मुखबाट हाँसोको बर्षात भयो।।
भन्न थाले मर्नुभन्दा पहिले किन मरिरहेछ।
कोरोना एक अपवाह हो किन डरिरहेछ ।।
 
तर म भन्दछु:
लापरवाहि पनि आफुमै एक बिरामी हो।
जसलाइ तिमी मजाक सम्झिरहेछौ
त्यो नै विश्वमा एक महामारी हो।।
 
बुझ पचाएर ख्याल ठट्टा नगरौं यस्को ।
विश्वमै अहिलेसम्म औषधी मिलेको छैन जस्को ।।
कोरोनाले विश्वभरि हाहाकार मचायो।
बिग्यान र प्रबिधिलाइ घुँडा टेक्ने गरायो।।
 
नसम्झनुस यो कोरोनालाइ छोटो।
जति छ यो छोटो उति नै छ यो खोटो ।।
लक डाउनलाइ नसम्झनुस हाँसो ।
त्यै हाँसो छिनभरमै बन्न सक्छ पासो ।।
 
सिंगो विश्व आज यसकै लागि रोएको छ ।
न्वारान देखिको सबले बल लाएको छ।।
 
प्रोफेशनल स्वास्थ्य कर्मीको सुझाव
लक डाउनको पालना नगरे
अहमता र लापरवाहीले कोरोना तिमीमै देखिएला ।
इतिहासमा बरवादीमा तिम्रै नाम दर्ज गरिएला।।
 
 

रघुबीर चन्द
बेदकोट-३, कन्चनपुर