तीन मुक्तक


तीन मुक्तक

ध्रुव वाग्ले, काठमाडाैं

१.
धनी भन्दैन यसले गरिब पनि भन्दैन
अपराधी, समाजसेवी अनि सरिफ पनि भन्दैन
उचाे निचाे जातकाे विभेद गर्दैन कसैलाई
समावेसि काेराेनाले स्वस्थ अनि मरिज पनि भन्दैन
#stay_home

२.
काेराेना भन्दा पहिला भाेकले मरिन्छ हाेला
खाने जुगाड छैन परिवारकाे शाेकले मरिन्छ हाेला
सरकार घरमै बस भन्छ पेट बाहिर पठाउँछ
राहातकाे दुई पुरिया बिस्कुटकाे `जाेकले´ मरिन्छ हाेला

३.
कात्रोमा पनि कमिसन खोज्ने चलन छ यहाँ
संकटकै बेला घरबार जाेड्ने चलन छ यहाँ
भ्रष्टाचारिलाई कारवाही गर्नु त कता हाे
दुश्प्रचार भन्दै प्रसंग माेड्ने चलन छ यहाँ