देशका नेता


देशका नेता

कैयौं बटुवाहरू फेरिदै गए तर बाटो फेरिएन।
च्याउँ उम्रिए झैं नेता उम्रिदै गए तर नीति उम्रिएन ।।

चरी किन चिरबिर गर्छे, छैन बिस्कुन आँगनमा ।
जनता ब्यर्थै भरोसामा, रहेन राष्ट्र यिनको मगजमा ।।

पशुको रगत चुसी ढाडिएको किर्ना झैं ढाडिदैछन् ।
आहातको बेला राहतको साँटो आलो घाउमा नुनचुक छर्किदैछन ।।

रामराज्यको सपना बाँडने घोषणापत्र कुन्नि कता थन्किए।
राष्टिय ढुकुटी आलोपालो दोहनमै नेता जति अन्मिए ।।

सानैमा हजुरबाको भुतको कथासंग डराए झै डराएको छ जनता ।
महाब्याधिले चारैतिर महासंकट निम्त्याएको छ ।।

जुवाडेको हिसाब-किताब जस्तै मान्छेको सपना बनेको छ।
माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुबेझैं नेताको कथा बनेको छ ।।

कैयौं बटुवाहरू फेरिदै गए तर बाटो फेरिएन।
च्याउँ उम्रिए झैं नेता उम्रिदै गए तर नीति उम्रिएन ।।

रघुबिर चन्द,
बेदकोट नगरपालिका-3 दैजी कन्चनपुर