मौसम पूर्वानुमानः चैत्र १७ देखि १९ गतेसम्म


मौसम पूर्वानुमानः चैत्र १७ देखि १९ गतेसम्म

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन(Weather Forecast Bulletin) काे जानकारी अनुसार मिति २०७६-१२-१७ साँझ ६:०० बजे देखी १९ गतेसम्मकाे माैसम विवरण निम्नानुसार रहेकाे छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालमा कुनै उल्लेखनिय प्रणाली रहेको छैन |

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र  गते (सोमबार)

रातीः  देशको पहाडी  भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १८ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र  मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

 रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

छैन |

Source: http://www.mfd.gov.np/content/?id=1935