सुर्मा गाउपालिकामा आफै मास्क बनाएर आफैले गरे बितरण- Lekhapadhee


सुर्मा गाउपालिकामा आफै मास्क बनाएर आफैले गरे बितरण- Lekhapadhee

चैत्र-१४ बझांग- बझांगको सुर्मा गाउपालिकाका युवाले कोरोना रोकथामको न्यूनीकरण गर्नका लागि ३०० पिस मास्क वितरण गरेका छन् । बझांगको अति बिकट ठाउ सुर्मा गाउपालिका जहा मास्क पनि पाउन गारो हुने र त्यहाका जनप्रतिनिधि हरुले केहि वास्था नगरेको त्यहाका जनताको गुनासो छ र अझ कोरोना भाइरस लाई सामान्य रुपमा लिएको भन्ने सुनिएको छ ।


त्यहि सुर्मा गाउपालिका निवासी एक सर्वसाधाराण मोहन पुजारा, स्वास्थ्यकर्मी ऐन बोहरा ,फार्मासिस्ट तिलक पुजारा अनि मास्क सिलाइमा सुर्मा गाउपालिकाका स्थायी बासि ध्वनि पुजाराको पहलमा मास्क बितरण गरिएका हुन् जसले त्यहाका जनतालाई केहि सम्मको राहत हुने स्थानिय ले बताएका छन् ।
 Lekhapadhee Online News Portal