फ्रान्सबाट नेपाल आएकी एक युवतीलाई कोरोना पोजिटिभ


फ्रान्सबाट नेपाल आएकी एक युवतीलाई कोरोना पोजिटिभ

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा काेभिड-१९ पाेजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको पुष्टि गरेका हुन ।

१९ वर्षिय ति युवतीको टेकु अस्पतालमा उपचार भइरहेको वताइएकाे छ । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।