नमस्कार ! पुर्वीय संस्कार । काेराेनाबाट जाेगिन नमस्कार गराैं, हात नमिलाऔं ।


लेखक : लेखापढी      ९ चैत्र २०७६, आईतवार १०:४९ मा प्रकाशित     
नमस्कार ! पुर्वीय संस्कार । काेराेनाबाट जाेगिन नमस्कार  गराैं, हात नमिलाऔं ।

हामी कसैसँग भेट गर्छाैं भने या त हामी नमस्कार गर्छाै वा हात मिलाउँदछाैं । नमस्कार पूर्वीय संस्कृतिकाे प्राचीन परम्परा हाे । आफूभन्दा ठूला वा मान्यजनलाई भेट्दा झुकेर दुई हात जाेडेर नमस्कार गर्ने र साेही अनुसार आफूभन्दा सानालाई  नमस्लाकार फर्काउने चलन  हाम्राे समाजमा विद्यमान छ । तर बढ्दाे आधुनिकतासँगै नमस्कारलाई असमानजनक व्यवहारका तवरले हेर्न थालियाे र हात मिलाउने परम्पराकाे विकास भयाे । हात मिलाउनु पश्चिमि सभ्यताकाे प्रारूप पनि हाे । कसैले नमस्कार गर्दा आफू सानाे भइन्छ र हात मिलाउँदा बराबरी हाैं की भन्ने भ्रम पनि अहिले विकास भइरहेकाे छ । 

हाल विश्वमा महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमणका बीच विश्व श्वास्थ्य संगठनले हात नमिलाउन आग्रह गरीरहँदा यसकाे अभाव हाम्राे परम्परागत संस्कृति प्राचीन सस्कृति नमस्कारकाे प्रयाेग भइरहेकाे छ । इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले अबदेखि हात मिलाउनुको साटो नमस्कार गर्न आग्रह गरे । 

आज हामी यहाँ नमस्कारकाे बारेमा केही जानकारी दिनेछाैं । नमस्कार गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि केही हाे ? नमस्कार किन गरिएको हो ? यसको अर्थ के छ ?

नमस्कार के हाे ?

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । ‘नमः’ को शास्त्रीय अर्थ हो–जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति झुकाएर गरिने अभिवादन । जसलाई सामान्यतः नमनः, प्रणाम, अभिवादन, नमस्ते, नमस्कार, प्रणति आदि भन्ने गरिन्छ । नमस्कार मन, आवाज र मुद्राले गर्न सकिन्छ । आवाजमा निस्कने नमस्कार संस्कृत शब्द हो । नमस्–कृ–घञ भएर नमस्कार शब्द बन्छ । नमः को अर्थ म नमन गर्छु या म झुक्छु या मेरो अहंकार झुक्यो भन्ने हुन्छ (बृहद् संस्कृत–नेपाली शब्दकोश, पं. फणीन्द्रप्रसाद पाण्डेय, पृ. ७१३) । 

 

नमस्कार अथवा नमस्ते गर्दा दुवै हातका औँला र हत्केला परस्परमा जोडेर दुवै हातलाई छातीमा टाँसी हलुका शीर झुकाएर मुस्कुराउँदै सुमधुर आवाजमा ‘नमस्कार अथवा नमस्ते’ भनेर भन्ने गरिन्छ।

नमस्कारका फाइदा

हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् ।

१.  स्वागत सम्मान, अरूकाे अस्तित्वकाे स्विकार

२.  यदि नमस्कार यस्तो आध्यात्मिक भावले गर्ने कि हाम्रो सामान्य व्यक्तिको आत्मालाइ नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ । नमस्ते गर्दा तपाइकाे अहंकार कम हुन्छ । 

३. शारिरीक सम्पर्क नहुने भएकाेले यसका फाइदाहरू रहेका छन् ।  

४. यसलेसम्पूर्ण वातावरणमाआनन्दको कणलाइ सक्रियण एवं उत्सर्जन हुन्छ।

५. नमस्कार गर्दा सकारात्मक उर्जा प्राप्त हुन्छ । 

नमस्कार गर्दा ध्यान दिनु पर्ने :

  • नमस्कार गर्ने समय २ सेकेन्ड आँखा बन्द गर्ने

  • नमस्कार गर्ने समय हातमा कुनै वस्तु नराख्ने

नमस्कार हाम्राे संस्कार मात्र नभएर याे बैज्ञानिक कारणले पनि महत्तपुर्ण रहेकाे छ । पश्चिमी संस्कृतिकाे प्रभावसँग हाम्रा कतिपय संस्कारहरू लाेप हुन गइरहेका छन् । त्यसैले हाम्रा प्राचीन राम्रा संस्कारहरूकाे प्रभाव पश्चिमा संस्कृतिमा पार्नु जरूरी छ नकी हामी मात्र उनीहरूका संस्कृतिकाे सिकाे गर्ने । नमस्कार !


लेखापढी डटकमः एजेन्सीकाे सहयाेगमा