भारत र चीनका सबै नाका ७ दिन बन्द गर्ने सरकारकाे निर्णय


भारत र चीनका सबै नाका ७ दिन बन्द गर्ने सरकारकाे निर्णय

सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हाे तर सामान आयात निर्यात भने रोकिने छैन । सोमबार बिहान १० बजेबाट भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । 

त्यस्तै मन्त्रिपरिषदको बैठकले कोभिड १९ रोकथामका लागि ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गर्ने निर्णय पनि भएको छ । उक्त कोषमा सबै मन्त्रीले एक एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि भएको छ ।


लेखापढी डटकम