बझाङमा दुर्घटना हुँदा तरुणदल अध्यक्षकी श्रीमतीको मृत्यु,


बझाङमा दुर्घटना हुँदा तरुणदल अध्यक्षकी श्रीमतीको मृत्यु,

बझाङ: बझाङमा मोटरसाईकल दुर्घटना हुँदा नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडीकी श्रीमती उजली ऐडीको मृत्यु भएको छ।

जिल्लाको छविसपाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा खोला गाड भन्ने ठाउँमा भेनप ७६८१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मोटरसाईकलमा सवार विष्णु ऐडी र उनका ३ वर्षीय छोरा भने सामान्य घाइते भएका छन्।

साभार: Dinesh Khabar