राेग प्रतिरोधात्मक क्षमता Immune System बढाउने यी हुन उपाएहरु ।


राेग प्रतिरोधात्मक क्षमता  Immune System बढाउने यी हुन उपाएहरु ।

स्वस्छ रहनका लागि हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ । रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरलाई तन्दुरुष्त राख्ने काम गर्दछ । हामी किन बिरामी हुन्छौं ?, सिथिल हुन्छौं ?, जीर्ण वा कमजोर हुन्छौं ? यसको उत्तर वा प्रमुख कारण हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर हो । रोग प्रतिरोधात्मक क्षमतालाई अंग्रजीमा इम्यून सिस्टम भनिन्छ । रोग प्रतिरोधात्मक क्षमता भनेको शरीरको यस्तो प्रणाली हो जसले हामीलाई रोगसँग बचाएर राख्दछ । मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमता जीवनको सुरक्षा कवच हो भनेर भन्न सकिन्छ । बाह्य औषधीहरु सेवन गरेर रोग निको पार्नु कृतिम तरिका हुन भने रोग प्रतिरोधात्मक क्षमता बढाउनु भनेको प्राकृतिक गुण हो । हाम्राे शरीरमा राेग प्रतिराेधात्मक क्षमताकाे हामीलाइ विभिन्न राेगबाट बचाउनका लागि महत्वपूर्ण भूमिका हुन्छ । 

Woman With White Sunvisor Running

स्वस्छ रहनका लागि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ । यसका लागि हामीले धेरै केही गर्नु पर्दैैन यसका लागि खान–पान, ब्यायाम, निन्द्रा लगायतका दैनिक जीवनका कार्यहरु वातावरण अनुसार सन्तुलनमा बनाएर राख्नु पर्दछ ।

विश्वमा हालै महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसबाट मृत्यु हुनेहरुमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु नैं रहेको पाइएको छ ।

कुनै व्यक्तिहरु विभिन्न प्रकारका रोगहरुबाट चाँडो संक्रमित हुन्छन भने कुनै व्यक्तिहरुलाई साधारण रोगहरु लाग्दैनन् । यसको मुख्य कारण रोग प्रतिरोधात्मक क्षमता हो । यसैले हरेक व्यक्तिले रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरुरी रहेको छ ।

किन र कसरी हुन्छ मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर

– शरीरमा अनावश्यक मोटोपना हुनु वा बासो लाग्नु ।
– शरीरको तौल एकदमै कम हुनु
– फास्टफुड, जंकफुडहरुको बढी प्रयोग हुनु ।
– शरीका लागि आवश्यक पोषक तत्व नपुग्नु ।
– धुम्रपान, मध्यपान, ड्रग आदिको सेवन गर्नु ।
– पेनकिलर, एन्टिबायोटिक आदि औषधीहरु लामो समय सेवन गर्नु ।
– लामो समयसम्म तनावमा रहनु ।
– अनिन्द्रा हुनु वा निद्रा बढी लाग्नु ।
– शारिरीक श्रमको अभाव हुनु ।
– प्रदुशीत वातावरणमा लामो समयसम्म रहनु ।
– बाल्यकाल वा बुढेसकालमा रोग प्रतिरोधात्मक क्षमता कम हुन सामान्य भएता पनि खराख जीवनशैलीका कारण युवा अवस्थामा पनि यो कम हुन सक्दछ ।
– गर्भवती महिलाका खानपिन ठीक नभएमा जन्मिने बच्चामा पनि इम्युुनिटी पावरमा कमी हुन्छ ।
– चीनिबो बढी सेवन गर्नु ।
– कम पानी पिउनु ।

कसरी बढाउने रोग प्रतिरोधात्मक क्षमता
सन्तुलित आहार

Bowl of Vegetable Salad and Fruits

– मानिसको शरिर मुख्य रुपमा खानपानमा निर्भर हुन्छ । जस्तो खाना त्यसै प्रकारको शरीर हुन्छ । हामी जस्तो खान्छौ त्यसै प्रकारका मानिस हुन्छौं त्यसैले खानपिनले नैं मानिसको शरीलाई मुख्य प्रभाव पारिरहेको हुन्छ । सन्तुलित आहारले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ । आहारमा एन्टिओक्सिडन्टको उचित मात्रा हुन आवश्यक हुन्छ । एन्टिओक्सिडेंटले बिरामी कोशिकाहरुलाई दुरुस्त राख्न सहयोग गर्दछ । बीटा, केरोटिन, सेलेनियम, विटामिन ए, विटामिन बी २ र बी १२, विटामिन सी, विटामिन ई, विटामिन डीमा रोग प्रतिरोधक क्षमता बढी हुन्छ । यीत तत्वहरु गाँजर, पालुँगो, चकन्दर, टमाटर, फूलगोभी, खुबानी, जौ, भूरे चावल, शकरकंद, सुन्तला, मेवा, बादाम, दूध, दही, च्याउँ, फर्सी लौकाको विउँ, तिल आदिमा पाइन्छ । हरीयो सागहरु प्रत्येक खानामा समावेश गरिनु आवश्यक छ ।
– दीनमा ८ देखि १० गिलास पानी पिउनु श्वास्थ्यका लागि आवश्यक छ ।
– प्रोटीनयुक्त खानेकुराहरु खानुपर्दछ ।
– खानेकुरामा लसुन एन्डी ब्याक्टेरियल वा एन्टी भाइरल हो त्यसैले यसको सेवन श्वास्थ्यका लागि लाभदायक हुन्छ । चिसो मौसममा दैनिक एक वा दुई लसुन खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
– दिनमा दुई वा तीन पटक ग्रीन टिको प्रयोगले पनि मानिसलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
– दैनिक प्रयाप्त मात्रामा भिटामिन सि युक्त खानेकुराहरु खानु पर्दछ किनभने यसलाई शरिरले संग्रह गरेर राख्द्रैन ।
– तरकारीहरुको झोल श्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।
– दहिको सेवनले गर्दा रोग प्रतिरोधात्मक क्षमतामा बढोत्तरी हुन्छ ।
– खानामा सलादको प्रयोगले पनि श्वास्थ्यलाई फाइदा हुन्छ ।

सक्रिय जीवनशैली

– सक्रिय जीवनशैलीले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ शारिरीक श्रमको प्रयोग हुने कामहरु दैनिक रुपमा गर्नुपर्ने हुन्छ वा हामीले दैनिक रुपमा कसरत वा ब्यायाम हरु गर्नु पर्दछ ।
– शरीरलाई आवश्यक निन्द्रा पुरा गर्नु पर्दछ । अनिद्राले गर्दा हाम्रो शरीरलाई कमजोर बनाउँदछ । शारिरीसक सक्रियताले मानिसमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ ।

Woman in Yellow Long sleeve Standing Under the Sunlight

मानसिक स्वास्थ्य

– हास्नु श्वास्थ्यका लागि लाभदायक छ । हास्दा हाम्रो शरीरमा बढी रक्तसञ्चार हुन्छ । तनावमुक्त भएर हास्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
– मानिसहरुको शारिरीक स्वास्थ्यभित्र मानसिक स्वास्थ्य पनि पर्दछ तर हामी यसको बारेमा कम विचार गरिरहेका हुन्छौं । जसै हामी शारिरीक स्वास्थ्यको ख्याल गर्दछौं त्यसै गरी मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । मानसिक रुपमा कमजोर भएमा मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
– तनावबाट मुक्त हुनु पर्दछ वा तनाबबाट मुक्त रहने प्रयास गर्नु पर्दछ ।

Women's White Top and Orange Floral Skirt

विविध

– चिसो मौसममा घाममा बसेर तेल मालिस गर्नुपर्दछ ।
– विहानको घाममा प्रयाप्त मात्रामा भिटामिन डी पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्दछ ।

– दैनिक रुपमा विभिन्न योगहरु, प्राणायामहरुले पनि हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँदछ ।

– लागु पदार्थकाे सेवन नगर्ने ।