तमासा हेर्ने होइन, प्रयास गर्नुहोस


तमासा हेर्ने होइन, प्रयास गर्नुहोस

एउटा गाउँमा आगलागी भयो । गाउँका मानिसहरु डरले यताउता भाग्दै थिए । गाउँलेहरु आफ्नो ज्यान बचाउन र आफ्नाहरुको ज्यान बचाउन रुदै कराउँदै यताउता भाग्न थाले ।

आगलागि भइरहेको देखेर एउटा सुगा नदीमा गई आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा छर्किन गयो र उसले आगोमा पानी छर्क्यो । सुगाले पटक पटक यस्तो गर्दै थियो ।

गाउँलेहरुले यसरी एउटा चराले आफ्नो चुच्चोमा पानी ल्याएर आगो निभाउन प्रयास गरेकाे देखेर छक्क परे । याे घटनाबाट गाउँलेहरुलाई पनि लाग्यो की हामीहरु सबैले प्रयास गर्याै भने पक्कै यो आगो निभ्छ । सबै जना मानिस आगो लागेको ठाउँमा पानी हाले ।  धेरै लामाे प्रयास पछि आगलागि रोकियो ।

यो सबै घटना चीलले हेरिरहेको थियो,

चीलले सुगालाइ सोध्यो, तिमीले हालेको पानीले त आगो पनि निभ्दैन, आँखिर किन यसरी पानी हालि राखेको थियाैं आगोमा ?

सुगाले चीललाई भन्यो ।

“मैले पानी हालेर आगो निभ्यो वा निभेन त्यो ठुलो कुरा होइन तर जब यस आगलागीको कुरा हुनेछ, आगो निभाउनेमा मेरो नाम पनि आउनेछ, न की तेरो जस्तो तमासा हेर्नेमा !”


लेखापढीडटकम